अछामबाट २६८ जनाको स्वाब कोरोना परीक्षणका लागि काठमाडौं ल्याइयो

अछामबाट २६८ जनाको स्वाब कोरोना परीक्षणका लागि काठमाडौं ल्याइयो
बुधबार, चैत्र २६, २०७६

सुशील भण्डारी

अछाम-काठमाडौँबाट कोरोना भाईरसको नुमना परिक्षणका लागि स्वाब संकलन गर्न अछाम पुगेको बिशेषज्ञ स्वास्थ्यकर्मिको टोली काठमाण्डौँ फर्किएको छ।

जिल्लाका ३ ठाँउबाट भारसहित कोरोना प्रभावित क्षेत्रबाट फर्किएका तथा उनीहरुको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी विशेषज्ञ टोलवी काठमाडौं फर्किएको हो।

पूर्वनिर्धारित दुईसय ६८ जनाको स्वाब संकलन गरी टोली काठमाण्डौँ फर्किएको छ।

पूर्वी क्षेत्रका कमलबजार नगरपालिका, पञ्चदेवल बिनायक नगरपनलिका, ढकारी, तुर्माखादमा क्वारेन्टाईनमा बस्ने नागरिक सहीतका २ सय ६८ जनाको स्वाब संकलन गरिएको कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडगबहादुर बिष्टले जानकारी दिए।