लकडाउन बढेपछि बेलायत र जर्मनीका ५३६ नागरिक स्वदेश फिर्ता (फोटो फिचर)

लकडाउन बढेपछि बेलायत र जर्मनीका ५३६ नागरिक स्वदेश फिर्ता (फोटो फिचर)
बुधबार, चैत्र २६, २०७६

काठमाडौं । नेपालमा लकडाउन बढ्दै गएपछि विभिन्न मुलुकले आफ्ना नागरिकलाई स्वदेश फर्काउने क्रम जारी राखेका छन्।

बुधबार दुई चार्टर्ड विमानमार्फत बेलायत र जर्मनीले आफ्ना नागरिक स्वदेश फर्काएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बेलायतले टीटान एयरवेजको जहाजबाट २५२ जना नागरिकलाई स्वदेश फर्काएको छ ।

बुधबार नै जर्मनीले समेत कतार एयरवेजमार्फत थप नागरिक फिर्ता लगेको छ । जर्मनीले चार्टर्ड गरेको यो जहाजमा २ सय ८२ यात्रु, २ नाबालक नेपालबाट उडेका छन् ।

 

उनीहरु धेरैजसो जर्मन नागरिक र केही यूरोपेली यूनियनभित्रका नागरिक रहेको बताइएको छ ।