सेनाले अघि बढायो स्वास्थ्य सामग्री खरिद प्रक्रिया

सेनाले अघि बढायो स्वास्थ्य सामग्री खरिद प्रक्रिया
बुधबार, चैत्र २६, २०७६

काठमाडौं – नेपाली सेनाले कोरोना भाइरसको उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री तथा उपकरण खरिदको जिम्मा पाएसँगै विभिन्न पाँच मुलुकलाई पत्राचार गरेको छ।

सेनाले स्वास्थ्य सामग्रीका लागि चीन, दक्षिण कोरिया, सिंगापुर, इजरायल र भारतलाई पत्राचार गरेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिसिएमसी)ले तयार पारेको स्वास्थ्य सामग्रीको सूचिका आधारमा खरिदका लागि ति मुलुकहरुलाई पत्राचारको प्रकिया अघि बढाउन परराष्ट्र मन्त्रालयमा पत्र पठाइसकिएको पाण्डेले जानकारी दिए ।

ती देशहरूमा रहेका सैनिक सहचारीमार्फत् पनि स्वास्थ्य सामग्री खरिदका लागि पहल गरिएको जनाइएको छ।