ग्यास पर्याप्त भएपछि आइतबारदेखि भरी सिलिण्डर नै बिक्री गरिने

ग्यास पर्याप्त भएपछि आइतबारदेखि भरी सिलिण्डर नै बिक्री गरिने
बुधबार, चैत्र २६, २०७६

काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि पूरा भरीएकै ग्यास सिलिण्डर बिक्री गर्ने निर्णय गरेको छ ।

निगम सञ्चालक समितिको आज (बुधबार)को बैठकले १४.२ किलो (पूरै भरिएको) को सिलिण्डर ग्यास बिक्री विरतण खुला गर्ने निर्णय गरेको हो ।

निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिइसकेको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले जानकारी दिए ।

बजारमा खाना पकाउने ग्यासको माग उच्च भएपछि निगमले चैत १२ गते आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको थियो ।