बहराइनमा थप १० जना नेपालीमा भेटियो कोरोना भाइरसको संक्रमण

बहराइनमा थप १० जना नेपालीमा भेटियो कोरोना भाइरसको संक्रमण
बिहिबार, चैत्र २७, २०७६

काठमाडौं- बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

बहराइनको मनामास्थित नेपाली दूतावासले  बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।