अमेरिकामा थप एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु

अमेरिकामा थप एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु
बिहिबार, चैत्र २७, २०७६

न्यूयोर्क : अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार आज बिहान बिहान ५ः१८ मा क्वीन्सको एल्मर्स्ट अस्पतालमा ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो ।

शेर्पा किदुगका आजीवन सदस्य समेत रहेका थिए । किदुगका अध्यक्ष उर्गेन शेर्पाले इनेप्लिजलाई दिएको जानकारीका अनुसार दुई दिनअघि नै उनको मृत्यु भएको हल्ला चलेपनि उनको मुटुको चाल बन्द नभएको र आज बिहान अस्पतालले मृत घोषणा गरेको थियो ।

स्वर्गीय शेर्पा कोरोना भाइरस संक्रमणका कारण विगत केही हप्तादेखि अस्पतालमा उपचारारत थिए । शेर्पाको निधन भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि गरेको किदुगले उल्लेख गरेको छ ।