महामारीका बेला राजनीतिकरण नगर्न बिश्व स्वास्थ्य संगठनको आग्रह

महामारीका बेला राजनीतिकरण नगर्न बिश्व स्वास्थ्य संगठनको आग्रह
बिहिबार, चैत्र २७, २०७६

एजेन्सी। कोरोना भाइरसको राजनीतिकरण बन्द गर्न विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडोस अडामोन गेबियसले आग्रह गरेका छन्।

उनले विश्व एकतामा जोड दिन अनुरोध गर्दै राजनीतिकरण अन्त्य आग्रह गरेक हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठने चीनको पक्षमा लागेको भन्दै पछिल्लो समय निरन्तर आलोचना गर्दै आइरहेका छन्।

ट्रम्पले विश्व स्वास्थ्य संगठन चीन केन्द्रित रहेको र नयाँ कोरोना भाइरस प्रकोपको समयमा खराब सल्लाहहरु जारी गरेको आरोप लगाउँदै संगठनलाई अमेरिकाले दिदैं आएको आर्थिक सहयोग रोक्ने चेतावनीसमेत दिएका थिए।

महानिर्देशक ट्रेडोसले ट्रम्पले लगाएका ती आरोपहरुको खण्डन गर्दै राजनीतिकरण बन्द गर्न आग्रह गरेका हुन्।