आज केहि स्थानमा हावाहुरी, मेघ गर्जन सहित पानी पर्ने संभावना

आज केहि स्थानमा हावाहुरी, मेघ गर्जन सहित पानी पर्ने संभावना
बिहिबार, चैत्र २७, २०७६

काठमाडौं। आज देशका अधिकाशं पहाडी भू–भागको मौसम बदली भइ केहि स्थानमा हावाहुरी, मेघ गर्जन सहित पानी पर्ने संभावना रहेको मौषमपूर्वानुमान महाशाखाले जनाएको छ।

मध्य,पुर्व र पश्चिम पहाडका एक दुइ स्थानमा पानी पर्ने विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको हो। स्थानीय वायू र पश्चिमी वायूको प्रभावका कारण हावाहुरी , मेघ गर्जन र चट्याङ सहित पानी पर्ने महाशाखाले बताएको हो।

काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ११ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर ३० डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।