बेलायतमा कोरोनाका कारण एक नेपालीकाे मृत्यु

बेलायतमा कोरोनाका कारण एक नेपालीकाे मृत्यु
बिहिबार, चैत्र २७, २०७६

काठमाडौं- बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो ।

तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ उपाध्यक्ष गुरुङ समाजसेवीका रुपमा सक्रिय थिए । करिब दुई सातादेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहअनुसार गुरुङ घरैमा आइसोलेसनमा बस्दै आएका थिए ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आकस्मिक कक्षमा राखी पछि वार्डमा सारिएको थियो । भर्ना गरेको दुई दिनपछिबाट उनको स्वास्थ निकै खराब भएपछि भेन्टिलेटरमा राखिएको थियो ।

लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले मृतक गुरुङको परिवार र सम्बन्धित संस्थालाई निधनबारे जानकारी गराएका थिए ।