Sat Jun 25 2022
देश

स्मार्टपालिकाकाे लाइभ ट्रायाकिङ प्रणाली, स्थानिय तहलाई निशुल्क हस्तान्तरण गरिँदै

काठमाडाैं- विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जानकारी अब एपमार्फत लिन सकिने भएको छ ।

स्मार्टपालिका र सेल एप इनोभेसनको संयुक्त प्रयासमा उक्त एप निर्माण गरिएको हो । यसप्रणाली अन्तर्गत हाल कोरोनाको ट्रायाकिङ, आइसोलेसनको जानकारी र दैनिक रिर्पोटिङ  मोडुलर मोबाइल एप तथा वेब सिस्टममा उपलब्ध हुनेछ।

प्रणाली अन्तर्गत स्थानीय तहमा कोरोनाको हालको अबस्थाको जानकारी राख्न मोडुलरहरुको कार्यान्वयन गरिँदै लगिएको हो।

उक्त एप सबै स्थानीय निकायलाइ निशुल्क हस्तान्तरण गरिँदै आएको छ । हाल यो एप भरतपुर महानगरपालिका, बिरगंज महानगरपालिका लगायत अन्य नगरपालिका र गाउँपालिकाले प्रयोगमा ल्याएका छन्।

एपमार्फत सर्वसााधारणले आफ्ने दैनिक रिपोर्ट बुझाउन तथा आधिकारिक रिपोर्ट  हेर्न सक्नेछन्।