आरडिटी पोजिटिभ देखिएका गोरखाका युवामा कोरोना संक्रमण देखिएन

आरडिटी पोजिटिभ देखिएका गोरखाका युवामा कोरोना संक्रमण देखिएन
बुधबार, बैशाख ३, २०७७

कास्की । र्‍यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका गोरखा आरुघाटका युवाको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको छ ।

आरुघाट, ५ का ३१ वर्षीय युवकको बुधबार पोखरा स्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण नदेखिएको हो ।

फागुन २३ मा बहराइनबाट आएका युवाकाे मंगलबार आरुघाटमा गरिएको आरडिटीमा पोजिटिभ देखिएको थियो ।