र्यापिट टेष्ट थप सात जिल्लामा विस्तार

र्यापिट टेष्ट थप सात जिल्लामा विस्तार
बुधबार, बैशाख ३, २०७७

काठमाडौँ । सरकारले सम्भावित कोरोना संक्रमितको डायग्नोस्टिक किटबाट गरिने परीक्षण थप सात जिल्लामा विस्तार गरेको छ ।

थप सात जिल्लामा र्‍यापिड टेष्टको विस्तारसंगै यो परिक्षण सुरु भएका जिल्लाको संख्या ६३ पुगेको छ ।

अहिलेसम्म बाग्मती र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा सुरु भइसकेको र्‍यापिड टेष्ट प्रदेश १ का सात, दुईका तीन, गण्डकी र प्रदेश ५ को एकएक तथा कर्णाली प्रदेशको दुई जिल्लामा भने सुरु हुन बाँकी छ ।

अब १४ जिल्लामा पनि केहीदिनभित्रै आरडीटी विधिबाट परीक्षण सुरु गर्नेगरी काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

अहिलेसम्म देशभरमा गरी कुल ८ हजार ९२९ जनाको र्‍यापिड टेष्ट भइसकेको छ ।