र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका काभ्रेका दुईजनाको पीसीआर रिपोर्टमा कोरोना देखिएन

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका काभ्रेका दुईजनाको पीसीआर रिपोर्टमा कोरोना देखिएन
बुधबार, बैशाख ३, २०७७

काभ्रेपलाञ्चोकमा बुधबारआरडिटि रिपोर्टमा कोरोना पाेजेटिभ दखिएकाहरुको पीसीआर रिपोर्टमा कोरोना नभएणको देखिएको छ।

काभ्रेमा  र्‍यापिड टेष्ट गराउँदा पोजेटिभ देखिएका दुईजनाको थ्रोटस्वाब धुलिखेल अस्पतालमा पीसीआर प्रविधिबाट परिक्षण गरिएको थियो।

उनीहरु मण्डनदेउपुर नगरपालिका र बेथान्चोक गाउँपालिकाका बासिन्दा थिए। पीसीआर प्रविधिबाट आज मात्रै धुलिखेलमा ५० जनाकाे परिक्षण गरिएको छ।

हालसम्म धुलिखेल अस्पतालमा पीसीआर प्रविधिबाट २६३ जनाकाे परिक्षण गरिएको छ। र सबैको रिपोर्टमा कोरोना नभएको पाईएको छ।