आजको मौसम : मेघगर्जन, चट्यांङसहित असिनापानीको सम्भावना

आजको मौसम : मेघगर्जन, चट्यांङसहित असिनापानीको सम्भावना
बिहिबार, बैशाख ४, २०७७

काठमाडौं। आज दिउँसोदेखि देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने देशका मध्य र पूर्वका केही स्थानहरु र पश्चिमका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्चिमी वायुको समेत आंशिक प्रभाव महाशाखाले बताएको छ।

हाल देशको पूर्वी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।२४ घण्टाभित्र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पश्चिमी वायु कमजोर अवस्थामा पुगेकाले बिहीबार वर्षा कम हुने बताए ।

तर शुक्रबारदेखि नयाँ वायुको प्रवेश गर्ने हुनाले शुक्रबार र शनिबार बढी नै सचेत हुन महाशाखाले आग्रह गरेका छ ।