धनुषामा एक गाउँबाट अर्को गाउँमा प्रवेश निशेध

धनुषामा एक गाउँबाट अर्को गाउँमा प्रवेश निशेध
बिहिबार, बैशाख ४, २०७७

काठमाडौं। कोरोनाभाइरस सङ्क्रमणको जोखिमबाट जोगिन धनुषाको हंसपुर नगरपालिका–३ स्थित कठपुल्ला एक गाउँबाट अर्को गाउँमा जान स्थानीयहरुले रोक लगाइएका छन् ।

सरकारले ‘लकडाउन गरेपछि कोरोना भाइरस नफैलियोस् भन्ने हेतुले एक गाउँबाट अर्को गाउँ आउन जान रोक लगाइएको हो ।

संक्रमणबाट सुरक्षित रहन स्थानीय युवाहरू मिलेर गाउँ प्रवेश गर्न रोक लगाएको बताइएको छ। गाउँमा कोरोनाबारे जानकारी दिँदै यसका लक्षण तथा बच्ने उपायबारे समेत सचेतना फैलाइएको छ ।

साथै उक्त गाउँका बासिन्दालाई गाउँभन्दा बाहिर जाँदा र आउँदा हात सफा गर्न साबुन पानीको पनि व्यवस्था गरिएको छ ।

सरकारले देशलाई लकडाउन गरेपछि गाउँ टोलको स्थानीयहरुको सुरक्षालाई ध्यानमा राखी यस्तो कार्य गरिएको बताइएको छ।

नियमको उल्लंघन गरेमा प्रशासनको जिम्मा लगाइने छ।

गाउँ प्रवेश गर्ने मुल सडकमै ढाठ र टाटले घेरिएको छ भने स्थानीय युवाहरु बाहिरको व्यक्ति प्रवेश हुन नदिन अनुगनलाई निरन्तरता दिदै पहरा दिन थालेका छन् ।