धरानमा स्वास्थ्यकर्मीमाथि प्रहरीको कुटपिट

धरानमा स्वास्थ्यकर्मीमाथि प्रहरीको कुटपिट
बिहिबार, बैशाख ४, २०७७

सुनसरी । लकडाउन उल्लघंन गरेको भन्दै धरानमा एक स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गरेको छ ।

धरानको पानवारीमा बिष्णुपादुकाको स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्टको रूपमा कार्यरत स्वास्थ्यकर्मी चन्द्रप्रकाश खनाललाई प्रहरीले कुटपिट गरेको हो ।

आज विहान बिरामीको नियमित ड्रेसिङ गर्न जानेक्रममा स्वास्थ्यकर्मी भएको जानकारी गराउँदै परिचयपत्र देखाउँदा समेत सेउती पुल र स्कुल डाँडाको बिचमा प्रहरीले प्लाष्टिक पाईपले कुटपिट गरेको उनले बताए ।

कुटपिटबाट खनालको घाटी नजिकैको भागमा सुम्ला बसेको छ ।

उक्त घटनालाई लिएर अहिले  धरान उपमहानगरपालिकामा  उपमहानगर अन्तर्गतको स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुको आकस्मिक भेला  भइरहेको छ ।