अलपत्र नेपाली श्रमिक ‘लगेज’ बोकेरै धर्ना दिन पुगे दूतावास

अलपत्र नेपाली श्रमिक ‘लगेज’ बोकेरै धर्ना दिन पुगे दूतावास
बुधबार, बैशाख २४, २०७७

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासमा नेपाली श्रमिकहरुले धर्ना दिएका छन् ।

दुबईको इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली श्रमिकहरुले तत्काल आफूहरुलाई स्वदेश फर्काउन आग्रह गर्दै दूतावासमा धर्ना दिएका हुन् ।

काम नपाएर आफूहरु अलपत्र परेको भन्दै उनीहरूले मंगलबार यूएईस्थित नेपाली दूतावासमा उनीहरु लगेज बोकेरै धर्ना दिन पुगेका थिए ।

यूएईको सारजहामा कम्पनीको बेवास्ताले अलपत्र परेका ३० नेपालीमध्ये १७ जना श्रमिक लगेज बाकेरै दूतावासमा पुगेका थिए ।

यसअघि उनीहरूलाई यूएईकै प्रवासी नेपालीहरूले कोठा खोजेर राखेका थिए । कोठा भाडाको समय अवधि सकिएपछि फेरि अलपत्र हुने अवस्था आएको भन्दै उनीहरु दूतावासको शरणमा पुगेका हुन् ।

दूतावासरले एनआरएनएको सहयोगमा सारजाहमा बस्ने व्यवस्ता मिलाएको बताएको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई सारजाहसम्म लैजाने प्रवन्ध पनि मिलाइएको जानकारी दिएको छ ।

उनीहरुलाई लकडाउन खुलेलगत्तै नेपाल फर्किने प्रवन्ध मिलइने समेत दूतावासले जनाएको छ ।