काठमाडौंको रवीभवनमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको रवीभवनमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
शुक्रबार, बैशाख २६, २०७७

काठमाडौं– काठमाडौंको रवीभवमा आज विहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कल‌ंकीबाट कालीमाटीतर्फ आइरहेकाे बा २१ च ४३४७ नम्बरको कार र विपरित दिशाबाट आएको बा ७२ प ८१७२ नम्बरको मोटसरकाइल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मोरङ बेलबारीका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते मोटरसाइकल चालकलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पताल पुर्याए पनि उनको उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कारको चालक स्युचाटार बस्ने कर्नेल शेखर जबरा प्रहरीको नियन्त्रणमा छन्।