कोरोनाको संक्रमण बढेपछि कुवेतमा २० दिनका लागि ‘कर्फ्यु’ 

कोरोनाको संक्रमण बढेपछि कुवेतमा २० दिनका लागि ‘कर्फ्यु’ 
सोमवार, बैशाख २९, २०७७

काठमाडौं – कोरोना भाइरसको संक्रमण बढेसँगै कुवेतले आइतबारदेखि मुलुकभर कर्फ्यु जारी गरेको छ ।

कुवेत सरकारको गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १० मेदेखि ३० मे २०२० सम्म पूर्ण कर्फ्यु लागू गर्ने निर्णय गरेसँगै आइतबारदेखि कर्फ्यु लगाइएको हो । पूर्ण कर्फ्यु लगाइएको बताइए पनि कोपरेटिभ सोसाइटी, खाद्यान्‍न आपूर्ति गर्ने तथा ग्यास सिलिन्डर वितरण गर्ने पसलहरु खुला रहनेछन् ।

मानिसहरुलाई हिँडडुलका लागि बेलुका ४:३० देखि ६:३० सम्मको समय तोकिएको छ । उक्त समयावधिमा आफू बसोबास गर्ने क्षेत्रभित्र कार वा अन्य सवारीसाधनको प्रयोग नगरी स्वास्थ्य सम्बन्धी पूर्वसावधानीका सर्तहरू तथा मापदण्डहरू ध्यानमा राखेर मात्र हिँडडुल गर्न पाइने छ ।

कुवेतमा सोमबार विहान यो समाचार तयार पार्दासम्म ५८ जनाको मृत्यु भएको छ भने ८ हजार ६८८ जना संक्रमित भएका छन् ।