कोरोना अपडेट :  मलेसियामा १०८ जनाको मृत्यु, नेपाली श्रमिकको अवस्था के छ ?

कोरोना अपडेट :  मलेसियामा १०८ जनाको मृत्यु, नेपाली श्रमिकको अवस्था के छ ?
सोमवार, बैशाख २९, २०७७

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०८ पुगेको छ ।

मलेसियामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको ज्यान नगए पनि थप ६७ जनामा कोरोनाको संक्रमण देखिएको छ । यो सँगै मलेसियामा कोरोना संक्रमित हुनेको संख्या ६ हजार ६५६ पुगेको छ ।

मलेसियामा संक्रमितमध्ये ५ हजार २५ जना उपचारपछि निको भएका छन् । १ हजार ५२३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १८ जनाको अवस्था गम्भीर रहेको छ ।

वैदैशिक रोजगारीको सिलसिलामा ठूलो संख्यामा त्यहाँ नेपालीहरु रहेको हुँदा मलेसियास्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । नेपालीहरुमा कुनै समस्या देखिएमा दूतावासको सम्पर्कमा रहन समेत अनुरोध गरिएको छ ।

मलेसियामा हालसम्म कोरोना संक्रमित नेपालीको संख्या ५४ पुगेको छ । हालसम्म मलेसियामा ३ जना कोरोना संक्रमित नेपाली उपचारपछि निको भइसकेकाम छन् भने अन्यको उपचार भइरहेको मलेसियास्थित नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाले जानकारी दिए ।