कोरोनाको कहर साउदीमा कस्तो, कतिले ज्यान गुमाए ?

कोरोनाको कहर साउदीमा कस्तो, कतिले ज्यान गुमाए ?
सोमवार, बैशाख २९, २०७७

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण साउदी अरेबियामा २४६ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै साउदीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४६ पुगेको हो । एकैदिन थप १ हजार ९१२ जनामा कोरोनाको संक्रमण देखिएसँगै साउदीमा कोरोना संक्रमितको संख्या ३९ हजार ४८पुगेको हो ।

साउदीमा हालसम्म ११ हजार ४५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २७ हजार ३४५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत कोरोना संक्रमित बिरामीमध्ये १४३ जनाको अवस्था गम्भीर रहेको छ ।

साउदीमा ठूलो संख्यामा नेपाली कामदार रहेका कारण उनीहरुलाई नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।