मासको दालको मुल्य बढाएपछि विगमार्टलाइ तीनलाख जरिवाना

मासको दालको मुल्य बढाएपछि विगमार्टलाइ तीनलाख जरिवाना
सोमवार, बैशाख २९, २०७७

काठमाडौं । वाणिज्य, आपूर्ति तथ उपभोक्ता संरक्षण विभागले बिगमार्टलाइ ३ लाख रूपैया जरिवाना तिराएको छ । मासको दालको मुल्य बढाएको पाइएपछि विभागले मार्टलाइ कारबाही गरेको हो ।

हात्तीगौंडामा रहेको बिगमार्टको आउटलेटले मासको दाल प्रतिकिलो २७१ रुपैयाँमा बेचेका कारण वाणिज्य, आपूर्ति तथ उपभोक्ता संरक्षण विभागले कारबाही गरेको जनाइएको छ ।

उपभोक्ता संरक्षण ऐनको दफा १६ (२) मा अनुचित काम गर्ने सूचीमा बढी मूल्यलाई अनुचित भनिएको छ । त्यसो गर्नेलाई अनुगमनकर्ताले २ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म तत्कालै जरिवाना गराउन सक्ने व्यवस्था छ ।