कोरोनाका कारण साउदीमा थप एक नेपालीको मृत्यु

कोरोनाका कारण साउदीमा थप एक नेपालीको मृत्यु
मङ्लबार, बैशाख ३०, २०७७

काठमाडौं- पछिल्लो तथ्यांकअनुसार विभिन्न देशमा ८० जना नेपालीकाे कोरोना भाइरसका  कारण ज्यान गएको छ ।

केही दिनयता साउदी अरबबाट पनि कोरोनाका कारण नेपालीले ज्यान गुमाएको समाचार आउन थालेका छन् । साउदीमा फेरि एक नेपालीको कोभिड १९ का कारण मृत्यु भएको छ । साउदीमा नै १० नेपाली चाहिँ कोरोना उपचारपछि ठिक भएर फर्किएका छन् ।

साउदीमा रहेको कन्सुलेटले नेपालीको मृत्युप्रति दुःख व्यक्त गर्दै नेपालीलाई सुरक्षित रुपमा त्यहाँको नियम पालना गरेर बस्न अनुरोध गरेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसका कारण कसैको ज्यान नगए पनि नेपालीले विदेशी भूमिमा ज्यान गुमाउनु परेको छ ।