फिफाको ‘द बेष्ट अवार्ड’ रद्ध

फिफाको ‘द बेष्ट अवार्ड’ रद्ध
बिहिबार, जेष्ठ १, २०७७

काठमाडौं । फिफाले यस बर्षको ‘द बेष्ट अवार्ड’ रद्ध गर्ने निर्णय गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस बर्षको प्रदान गर्ने ‘द बेष्ट अवार्ड’ कार्यक्रम रद्ध गरेको छ ।

यस बर्षको अवार्ड कार्यक्रम सेप्टेम्बरमा ईटालीको मिलानमा तय गरिएको थियो । स्पेनिस पत्रिका मार्काका अनुसार महामारीको रुपमा फैलिएको कोरोना भाईरसको प्रकोपले कार्यक्रम गर्न नसकिने भन्दै फिफाले अवार्ड रद्ध गरेको हो ।

फिफा अध्यक्ष जियानी ईन्फान्टिनोले यो महामारीको सुरुवातै अधिकतम सावधानी अपनाएर बिषयको समाधान गरिने स्पष्ट पारेका थिए । फिफाले हरेक बर्ष विभिन्न विधामा उत्कृष्ट हुनेहरुलाई द बेष्ट अवार्ड प्रदान गर्दै आएको थियो ।

फिफाले यसअघि अण्डर ट्वान्टी र अण्डर सेभेन्टीन महिला विश्वकप सन् २०२१ फेब्रुअरीसम्मका लागि स्थगित गरिसकेको छ । त्यस्तै फुटसल विश्वकप समेत सन् २०२१ सम्मका लागि स्थगित गरेको छ ।

फिफाले क्लब विश्वकप मात्र अहिलेसम्म स्थगित गरेको छैन । प्रतियोगिता डिसेम्बरमा अबुधाबीमा हुने तय भएको छ ।