आईओसीले ल्यायो ८ सय मिलियन अमेरिकी डलरको आर्थिक प्याकेज

आईओसीले ल्यायो ८ सय मिलियन अमेरिकी डलरको आर्थिक प्याकेज
शुक्रबार, जेष्ठ २, २०७७

एजेन्सी- अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले टोकियो ओलम्पिक एक वर्ष पछि थकेलिएपछि त्यसका लागि ८ सय मिलियन अमेरिकी डलर बराबरको आर्थिक प्याकेज ल्याएको छ ।

नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण यो वर्ष हुने तय भएको टोकियो ओलम्पिक २०२१ सम्मका लागि सरेपछि आयोजक जापानले आर्थिक रुपमा भार पर्ने बताउँदै आएको थियो ।

आयोजकको समस्यालाई मध्यनजर गर्दै ६ सय ५० मिलियन अमेरिकी डलर आईओसीले सहयोग गर्ने भएको छ । यस्तै, अन्य खेलकुद संघ र राष्ट्रिय ओलम्पिक कमिटिहरुलाई पनि आर्थिक सहयात प्रदान गर्ने गरि आईओसीले प्याकेजको घोषणा गरेको हो ।

जसमा ओलम्पिक आयोजकलाई ६ सय ५० मिलियन र अन्य खेल संघ तथा राष्ट्रिय ओलम्पिक कमिटिका लागि १ सय ५० मिलियन अमेरिकी डलर बराबरको प्याकेज रहेको छ ।

आईओसी अध्यक्ष थोमस बाचले अहिले ल्याएको प्याकेजले केही हदसम्म सहज हुने बताएका छन् ।

‘अहिलेको परिस्थितीसँग कम्प्रोमाइज गर्नु पर्ने भएको छ । यतिबेला सबैले त्याग गनुृ पर्ने छ,’ अध्यक्ष बाचलार्ई उद्धत गर्दै बीबीसीले लेखेको छ ।

कोरोनाले निम्त्याएको समस्यासँग जुध्न यस्तो प्याकेज ल्याइएको उनको भनाइ छ ।

टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्मका लागि तोेकिएको छ । तर, त्यतिसम्म पनि कोभिड १९ को भ्याक्सिन पत्ता नलागे ओलम्पिक रद्ध गर्नु पर्ने अवस्था आउने बारे चर्चा भइरहँदा अध्यक्ष बाचले भने त्यसबार अहिले निस्कर्षमा पुग्नु हतार हुने बताएका छन् ।