अबको १० वर्षमा कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्य

अबको १० वर्षमा कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्य
शुक्रबार, जेष्ठ २, २०७७

काठमाडौं । सरकारले अबको १० वर्षमा कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने लक्ष्य लिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अबको १० वर्षमा कृषि उत्पादन दोब्बर बनाउन कृषिमा व्यवसायीकरण गर्न सरकारले विशेष कार्यक्रम ल्याउने भएको बताएकी हुन् ।

उनले कृषिको व्यवसायीकरणका लागि कृषि पूर्वाधार विकासका लागि आउँदो वर्षका लागि ठूलो लगानी गर्न लागिएको समेत बताईन ।