भारतमा थपिए ३ हजार ७८७ कोरोना संक्रमित,संक्रमितको संख्या चीनमा भन्दा धेरै

भारतमा  थपिए ३ हजार ७८७ कोरोना संक्रमित,संक्रमितको संख्या चीनमा भन्दा धेरै
शनिबार, जेष्ठ ३, २०७७

एजेन्सी । भारतमा विगत २४ घण्टामा थप ३ हजार ७८७ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ८५ हजार ७८४ पुगेको छ ।

उक्त संख्या चीनको भन्दा २ हजार ८५१ ले बढी हो । चीनमा अहिलेसम्म ८२ हजार ९३३ जनामा संक्रमण देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ १०४ जनाको मृत्यु भएको छ योसंगै हालसम्म मृत्यु हुनेको संख्या २ हजार ७५३ पुगेको छ ।

५२ हजार ७९७ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म ३० हजार २३४ जना निको भएका छन् ।