अमेरिकामा कोरोना : ८८ हजार बढिको मृत्यु,१४ लाख ८३ हजार बढि संक्रमित

अमेरिकामा कोरोना : ८८ हजार बढिको मृत्यु,१४ लाख ८३ हजार बढि संक्रमित
शनिबार, जेष्ठ ३, २०७७

एजेन्सी । विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९) को असर अमेरिकामा बढि देखिएको छ ।

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५१२ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या ८८ हजार ४२४ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म मात्र अमेरिकामा थप २६ हजार ४ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै कोरोना संक्रमितको संख्या १४ लाख ८३ हजार ९९५ पुगेको छ ।

जसमध्ये २ लाख २६ हजार १८७ निको भएका छन भने १६ हजार १३५ जनाको अवस्था गम्भीर रहेको छ ।