रुसमा कोरोना भाइरस संक्रमणबाट २ हजार ४१८ जनाको मृत्यु

रुसमा कोरोना भाइरस संक्रमणबाट २ हजार ४१८ जनाको मृत्यु
शनिबार, जेष्ठ ३, २०७७

काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा २ हजार ४१८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ११३ जनाको मृत्यु भएको भने १० हजार ५९८ जनामा संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार ८४३ पुगेको छ ।

२ लाख २ हजार १९९ जनाको उपचार भइरहेको छ भने ५८ हजार २२६ जना संक्रमणमुक्त भएका छन् ।