कोरियामा एक नेपाली सुतेकै अवस्थामा मृत फेला

कोरियामा एक नेपाली सुतेकै अवस्थामा मृत फेला
शनिबार, जेष्ठ ३, २०७७

एजेन्सी । रोजगार अनुमति  प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागी दक्षिण कोरिया पुगेका एक नेपाली सुतेकै अवस्थामा मृत फेला परेका छन ।

कोरियाको ख्यङ्जु शहर नजीकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको सुतकै ठाँउमा मृत फेला परेका हुन ।

सात वर्षदेखि कोरियामा कार्यरत थापा कम्पनीको रात्रि काम सकेर सो दिन बिहान ९ बजेतिर सुतेका थिए ।

कोठामा एक्लै सुत्ने गरेका थापा साँझ ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीले हेर्न जाँदा मंगलबार थापा मृतावस्थामा फेला परेका थिए ।

थापाको शव ख्यङ्जु नजीकै शवगृहमा राखिएको छ । घटनाको आवश्यक छानबिन र शव व्यवस्थापनबारे परिवारसँग सल्लाह गरिने कोरियास्थित नेपाली दुतावासले जनाएको छ ।