धुलिखेल अस्पतालको आइसोलेसनमा एकजनाको मृत्यू

कोरोनाको आशंका

धुलिखेल अस्पतालको आइसोलेसनमा एकजनाको मृत्यू
शनिबार, जेष्ठ ३, २०७७

काठमाडौं- काभ्रेको धुलिखेल अस्पतालमा आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ।

अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारलेअस्पतालको आइसोलेसनमा उपचाररत बिरामीको मृत्यु भएको पुष्टि गरे।

कोरोनाको संक्रमणकै कारण मृत्यु भएको हो भन्ने प्रश्नमा प्रवक्ता ताम्राकार ‘अस्पतालको आइसोलेसनमै बिरामीको मृत्यु भएपनि रिपोर्ट नआउँदासम्म कोरोनाकै कारण भन्न नमिल्ने’ बताए।

‘कोरोना परीक्षण गरेको रिपोर्ट पनि ल्यावबाट गोप्य रुपमा स्वास्थ्य मन्त्रालयमा जान्छ । हामीलाई नै पनि थाहा हुँदैन,’ उनले भने।

अस्पताल स्रोतका अनुसार मृत्यु हुने सुत्केरी महिला हुन्। धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो।