बेल्जियमको क्लब ब्रुग लिग च्याम्पियन घोषीत

बेल्जियमको क्लब ब्रुग लिग च्याम्पियन घोषीत
शनिबार, जेष्ठ ३, २०७७

एजेन्सी । क्लब ब्रुगलाई बेल्जियमको लिग च्याम्पियन घोषणा गरिएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण अबरुद्ध लिग रद्ध गर्दै क्लब ब्रुगलाई लिग च्याम्पियन घोषणा गरिएको हो । क्लब ब्रुगले लिगमा १५ अंकको अग्रता लिएको थियो ।

दोस्रो स्थानका जेन्ट भन्दा क्लब ब्रुगको फराकिलो अन्तरको अग्रता छ । सिजन अबरुद्ध बन्नु अघि लिगमा मात्र एक चरणको खेल बाँकी थियो । क्लब ब्रुगले १७ लिग उपाधि प्राप्त गर्न सफल भएको छ ।

उसले पछिल्ला ५ सिजनमा तेस्रो पटक लिग उपाधि जितेको हो । लिग च्याम्पियन घोषणा भएसंगै क्लब ब्रुग अर्को सिजन सोझै च्याम्पियन्स लिगमा छनोट हुनेछ । युरोपमा लिग रद्ध गर्ने बेल्जियम पहिलो देश बनेको छ ।