भारतमा लकडाउनको नया मोडालिटी : रंगशाला खोल्न अनुमती

भारतमा लकडाउनको नया मोडालिटी : रंगशाला खोल्न अनुमती
सोमवार, जेष्ठ ५, २०७७

एजेन्सी । चौथो पटक लकडाउनको समय थप गरिएसंगै भारत सरकारले लकडाउनको नयाँ मोडालिटी  तय गरेको छ ।

गृह मन्त्रालयले सार्वजनीक गरेको नयाँ निर्देशिका अनुसार स्पोर्ट्स कम्प्लेक्स र रंगशाला खोल्ने अनुमती प्रदान गरिएको छ ।

मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार बिना दर्शक रंगशाला खोल्ने अनुमती प्रदान गरिएको हो । तर यो अनुमती स्पोर्ट्स कम्प्लेक्स र रंगशाला केवल अभ्यासका लागि हो ।

सरकारको यो निर्णयसंगै ईन्डियन प्रिमियर लिग (आईपीएल) लगायतका भारतका ठुलो खेल प्रतियोगिताको आयोजनालाई लिएर छलफल समेत सुरु भएको छ ।

यसअघि कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै भारतीय क्रिकेट बोर्ड आईपीएलको १३ औं संस्करणलाई अनिश्चित समयका लागि स्थगित गरेको थियो।