कोरोना महामारीबीच सुचारु जर्मन बुन्डेसलिगा फुटबलमा लिभर कुसेनको जित

कोरोना महामारीबीच सुचारु जर्मन बुन्डेसलिगा फुटबलमा लिभर कुसेनको जित
मङ्लबार, जेष्ठ ६, २०७७

एजेन्सी । कोरोना भाईरसको महामारीबीच सुचारु जर्मन बुन्डेसलिगा फुटबलमा बायर लिभरकुसेनले सहज जित निकालेको छ । गएराति भएको खेलमा लिभरकुसेनले वेर्डेर ब्रेमेनलाई चार एक गोल अन्तरले हराएको हो ।

ब्रेमेनको खेल मैदानमा लिभरकुसेनलाई जित दिलाउन काइ हार्भटेजले दुई गोल गरेका थिए । त्यस्तै मिचेल विसर र किरिम दिमिरबेले एक एक गोल थपेका थिए ।

घरेलु टोलीका गेब्री सेलासीले एक गोल फर्काए । यो जितसँगै लिभरकुसेनले २६ खेलमा ५० अंक जोडेको छ । लिभरकुसेन लिगको पाँचौ स्थानमा रहेको छ । १८ अंक जोडेको ब्रेमेन पुछारबाट दोस्रो स्थानमा रहेको छ ।