स्वाद र गन्ध थाहा नहुनु पनि कोरोनाको लक्षण

स्वाद र गन्ध थाहा नहुनु पनि कोरोनाको लक्षण
मङ्लबार, जेष्ठ ६, २०७७

काठमाडौं – बेलायतको जनस्वास्थ विभागले स्वाद र गन्ध थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ ।

बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले सोमबार आधिकारिक रूपमा उक्त पुष्टि गरेको हो ।

यसअघि कोरोना भाइरसको संक्रमणमा यी लक्षणलाई एनएचएसले समावेश गरिएको थिएन ।

गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थियो र पुष्टिका लागि थप अनुसन्धान थालिएको थियो ।

बेलायतको स्वास्थ विभागका एक अधिकृत प्रोफेसर जोनाथन भ्यान ट्यामले अनुसन्धानबाट यस्तो कुरा पत्ता लागेको बताए ।

कसैमा यी दुई मात्र लक्षण देखिए एक हप्ता घरमा अलग्गै बस्न आग्रह गरिएको छ भने यी बाहेक अन्य पूर्ववत् लक्षणसमेत देखिए १४ दिन अलग्गै बस्न आग्रह गरिएको छ ।