गुल्मीका कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार हुँदै : भ्रमपूर्ण समाचार विरुद्ध अस्पतालको विज्ञप्ती

गुल्मीका कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार हुँदै : भ्रमपूर्ण समाचार विरुद्ध अस्पतालको विज्ञप्ती
बुधबार, जेष्ठ ७, २०७७

काठमाडौ- गुल्मी मदानेका काेराेना स‌ंक्रमित शिक्षककाे भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनकाे उपचार गरिरहेकाे रुपन्देहीस्थित क्रिमसन अस्पतालले जनाएको छ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षीय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु नभएको अस्पतालले जनाएको छ। अस्पतालले उनको मृत्यु भयो भन्दै प्रकाशित समाचार गलत भएको पनि अस्पतालले जनाएको छ।

आज मध्यान्ह जारी विज्ञप्तिमा ‘कोरोना संक्रमित बिरामीको मृत्यु’ भन्दै आएका समाचार गलत र भ्रामक भएको बताएको हो । अस्पतालले पाँच दिनदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको जनाएको छ।

‘विरामीको मृत्यु भएको भन्ने समाचारले जनमानसमा अनावश्यक त्रासको वातावरण सृजना भएको छ। गलत समाचारको पछि नलाग्न सबैलाई अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

अस्पतालका सहायक प्रशासकीय अधिकृत चन्द्रकान्त बस्यालका अन्सार विरामीको अवस्था भने गम्भीर रहेको छ। ‘अझै डाक्टरहरु उपचारमै हुनुहुन्छ, मृत्यु भएको होइन,’ बस्यालले भने।