इंग्लिस क्लब लिभरपुलका खेलाडीले बुधबारदेखि शुरु गरे प्रशिक्षण

इंग्लिस क्लब लिभरपुलका खेलाडीले बुधबारदेखि शुरु गरे  प्रशिक्षण
बिहिबार, जेष्ठ ८, २०७७

इंग्लिस क्लब लिभरपुलका खेलाडीले बुधबारदेखि प्रशिक्षण थालेका छन् ।

कोरोना भाईरसको महामारीपछि सबै प्रतियोगिता स्थगित भएपछि खेलबाट निस्क्रिय भएका खेलाडीहरू बुधबारदेखि प्रशिक्षणमा फर्किएका हुन् ।

लिभरपुलले मिलउड ट्रेनिङ सेन्टरमा प्रशिक्षण थालेको हो । प्रिमियर लिगले मंगलबारबाट क्लबलाई सानो समूह बनाएर प्रशिक्षणका लागि अनुमति दिएसँगै खेलाडीहरुले प्रशिक्षण सुरू गरेका हुन् ।

प्रिमियर लिगका २० क्लबले यस सिजन ९२ खेल खेल्न बाँकी रहँदा लिभरपुल उपाधि नजिक छ । लिभरपुलको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको भन्दा २५ अंकले बढी छ ।