भारतबाट बाँकेमा मात्रै ३ हजार बढि नेपाली स्वदेश भित्रिए

भारतबाट बाँकेमा मात्रै ३ हजार बढि नेपाली स्वदेश भित्रिए
बिहिबार, जेष्ठ ८, २०७७

बाँके । भारतका विभिन्न शहरहरुमा काम गर्न गएका करीव ३ हजार ६ सय बढि नेपालीहरुलाई स्वदेश भित्रिएका छन् । करिव दुई हजार आठ सयको हाराहारीमा नेपालमा कामदारका रुपमा रहदै आएका भारतीयहरुलाई भारत पठाउने काम भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार भारतबाट नेपाल आएका नेपालीहरुलाई सबैको आ–आफ्नो गृह जिल्ला पठाउने काम गरीएको छ ।

जिल्ला प्रशासन बाँकका सहायक जिल्ला अधिकारी हरी प्याकुरेलका अनुसार विभिन्न जिल्लाका मानिसहरु अहिले भारतबाट नेपाल भित्रिएका हुन । आज भित्रिएका बाँके जिल्ला भित्रका मात्रै २१३ जनाका रहेका छन भने बाँकी अन्य जिल्लाका रहेको बताइएको छ ।