बाँके र कपिलवस्तुमा थप ३ संक्रमित थपिए, संक्रमितको संख्या ४५७ पुग्यो

बाँके र कपिलवस्तुमा थप ३ संक्रमित थपिए, संक्रमितको संख्या ४५७ पुग्यो
फाइल तस्वीर
बिहिबार, जेष्ठ ८, २०७७

काठमाडौं– बाँके र कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।

आज बिहान १७, दिउँसो ९ दाङमा एक र साँझ ३ गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित बाँकेको नरैनापुर ३ निवासी ३२ वर्षका पुरुष, खजुरा ३ निवासी ४२ वर्षकी महिला र कपिलवस्तुको सुद्दोधन गाउँपालिका निवासी १९ वर्षे युवक छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।