भारतमा एकै दिन ६ हजार बढीमा संक्रमण, कोरोनाले ३ हजार ५८४ जनाको मृत्यु

भारतमा एकै दिन ६ हजार बढीमा संक्रमण, कोरोनाले ३ हजार ५८४ जनाको मृत्यु
शुक्रबार, जेष्ठ ९, २०७७

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ ।

एकै दिन थप ६ हजार १९८ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख १८ हजार २२६ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ५८४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १५० जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत ११ औं नम्बरमा छ भने एसियाली मुलुकमा भारत तेस्रो नम्बरमा रहेको छ ।