अम्फुन चक्रवातका कारण भारत र बंगालदेशमा ८४ जनाको मृत्यु

अम्फुन चक्रवातका कारण भारत र बंगालदेशमा ८४ जनाको मृत्यु
शुक्रबार, जेष्ठ ९, २०७७

भारत- बंगालको खाडीबाट शुरु भएको अम्फुन चक्रवातका कारण भारत  र बंगालदेशमा कम्तिमा ८४ जनाको मृत्यु भएको छ ।

चक्रवातको प्रभावले भारतको पश्चिम बंगालमा मात्रै ७२ जनाको मृत्यु भएको छ भने बंगलादेशमा १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

विहिबार करिव ३ घण्टासम्म प्रति किलोमिटर १२० देखि १३३ किमीको गतिमा चलेको ठूलो हावाहुरीका कारण रुख, बिद्युतका पोलहरू ढलेका छन् भने हजारौं घरका छन् । ठाउँ–ठाउँमा घर नै भत्काउँदा कतिपय मानिसहरुको त्यही च्यापिएर मृत्यु भएको जनाइएको छ ।

चक्रवातले भारतको कोलकता र ओडिशा क्षेत्र बढी प्रभावित भएका छन् । भारतको मौसम विभागका अनुसार बुधबार राति ८ देखि १० बजेसम्म त्यहाँ २२२ मिलिमिटर पानी परेको थियो । चक्रवात प्रभावित क्षेत्रको अवलोकन गर्दै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई २–२ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेकी छन् ।

यसैबीच प्रभावित क्षेत्रको आज प्रधानमन्त्री नरेन्द्र मोदीले अवलोकन गर्ने भएका छन् । मोदी ओडिशा र पश्चिम बंगाल क्षेत्रको अवलोकनमा जाने र त्यहाँ राहत तथा उद्धारको अवस्थाबारे समिक्षा गर्ने भारतीय प्रधानमन्त्री कार्यालयले विहिबार ट्वीटरमार्फत जानकारी दिएको छ ।