कोरोनाले विश्वमा ३ लाख ३४ हजारको मृत्यु

कोरोनाले विश्वमा ३ लाख ३४ हजारको मृत्यु
शुक्रबार, जेष्ठ ९, २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमणले विश्वर मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वभर ५१ लाख ९० हजार बढी संक्रमित भएका छन् । संक्रमितमध्ये २० लाख ७८ हजार बढी निको भएका छन ।

कोरोनाले अमेरिकामा ९६ हजार ४५४ जनाको मृत्यु भएको छ भने इटालीमा हालसम्म ३२ हजार ४८६ जनाको मृत्यु भएको छ । त्यसैगरी स्पेनमा कोरोनाले हालसम्म २७ हजार ९४० जनाले ज्यान गुमाएका छन् । बेलायतमा कोरोनाले ३६ हजार ४२ को मृत्यु भएको छ ।

त्यस्तै, फ्रान्समा कोरोनाले २८ हजार २१५ को ज्यान गएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ५८४ पुगेको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या १ लाख १८ हजार २२६ पुगेको छ ।

कोरोनाले धेरै मृत्यु भएका १५ मुलुकको पछिल्लो अपडेट :

अमेरिकामा १६ लाख १९ हजार ९८५ कुल संक्रमित भएका छन् भने ९६ हजार २८० जनाको मृत्यु भएको छ । यसैबीच ३ लाख ३४ हजार ५७ निको भएर फर्किएका छन् ।

बेलायतमा अहिलेसम्म २ लाख ५० हजार ९०८ कुल संक्रमित भएका छन् भने ३६ हजार ४२ जनाको मृत्यु भएको छ ।

इटालीमा २ लाख २८ हजार ६ जना कुल संक्रमित भएका छन् भने ३२ हजार ४८६ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ३४ हजार ५६० जना निको भएर फर्किएका छन् ।

फ्रान्समा एक लाख ८१ हजार ८२६ कुल संक्रमित भएका छन् भने २८ हजार २१५ जनाको मृत्यु भएको छ । यसैबीच ६३ हजार ८५८ जना निको भएर फर्किएका छन् ।

स्पेनमा २ लाख ८० हजार ११७ कुल संक्रमित भएका छन् भने २७ हजार ९४० जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ९६ हजार ९५८ जना निको भएर फर्किएका छन् ।

ब्राजिलमा ३ लाख १० हजार ८७ जना संक्रमित भएका छन् भने २० हजार ४७ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म एक लाख २५ हजार ९६० जना ठिक भएका छन् ।

बेल्जियममा ५६ हजार २३५ कुल सङ्क्रमित भएका छन् भने ९ हजार १८६ जनाको मृत्यु भएको छ । यसैबीच १४ हजार ९८८ जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ७९ हजार २१ कुल संक्रमित भएका छन् भने ८ हजार ३०९ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५८ हजार निको भएर फर्किएका छन् ।

इरानमा एक लाख २९ हजार ३४१ कुल संक्रमित भएका छन् भने ७ हजार २४९ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५६४ जना निको भएर फर्किएका छन् ।

क्यानाडामा ८१ हजार ३२४ जना संक्रमित भएका छन् भने ६ हजार १५२ जनाको मृत्यु भएको छ । त्यस्तै ४१ हजार ७१५ जना ठिक भएका छन् ।

मेक्सिकोमा ५६ हजार ५९४ जना संक्रमित भएका छन् भने ६ हजार ९० जनाको मृत्यु भएको छ । त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३८ हजार ८७६ जना निको भएर फर्किएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म ४४ हजार ७०० जना संक्रमित भएका छन् भने ५ हजार ७७५ जनाको मृत्यु भएको छ ।

चीनमा अहिलेसम्म ८२ हजार ९६७ कुल संक्रमित भएका छन् भने ४ हजार ६३४ जनाको मृत्यु भएको छ । यसैबीच ७८ हजार २४९ निको भएर फर्किएका छन् ।

टर्कीमा एक लाख ५३ हजार ५४८ जना संक्रमित भएका छन् भने ४ हजार २४९ जनाको मृत्यु भएको छ । त्यस्तै एक लाख १४ हजार ९९० जना निको भएर फर्किएका छन् ।

स्विडेनमा ३२ हजार १७२ जना संक्रमित भएका छन् भने ३ हजार ८७१ जनाको मृत्यु भएको छ ।