कोरोना भाइरस संक्रमणले आमा गुमाएका शिशु अस्पतालबाट डिस्चार्ज

कोरोना भाइरस संक्रमणले आमा गुमाएका शिशु अस्पतालबाट डिस्चार्ज
शुक्रबार, जेष्ठ ९, २०७७

काठमाडौं । जेठ ३ गते कोरोना भाइरसको संक्रमणका कारण आमाको मृत्यु भएपछि धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका १६ दिनका शिशु अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारका अनुसार, शिशुको पहिलो र दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि शुक्रबाट डिस्चार्ज गरिएको हो ।

शिशुलाई थप ७ दिन सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राख्न अस्पतालले सुझाएको छ । साथै क्वारेन्टिनबाट घर जानुअघि पनि आरडिटी परीक्षण गर्न र त्यसमा पोजेटिभ देखिए फेरि पिसिआर गर्ने अस्पतालले जनाएको छ ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चे घर भएकी २९ वर्षीया सुत्केरीको जेठ ३ गते कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।