मुस्लिम धर्मावलम्बीको पर्व ईद–उल–फित्रमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

मुस्लिम धर्मावलम्बीको पर्व ईद–उल–फित्रमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
शुक्रबार, जेष्ठ ९, २०७७

सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद–उल–फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सार्वजनिक विदा दिने निर्णय गरेको हो । निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले भने, ‘यो सैद्धान्तिक निर्णय हो । इस्लाम धर्मगुरूहरूले कुन दिन उपयुक्त हुन्छ भनेर तय गरेर उहाँहरूले तोकेपछि सोही दिन बिदा दिइने छ’ ।
साथै,सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ ।