थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
शुक्रबार, जेष्ठ ९, २०७७

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, थप २० जनामा कोरोना संक्रमण पुष्टि भ सँगै अहिले सम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

प्रवक्ता डा. देवकोटाका अनुसार, सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीको जानकी गाउँपालिकाका ३ पुरुषहरु रहेका छन् । उनीहरुको उमेर क्रमश १९, २३ र २६ वर्षीया रहेका छन् । उनीहरु ३ जना नै सरस्वती माविको क्वारेन्टाइमा रहेका व्यक्ति हुन् ।
यस्तै डडेल्धुराका २८ वर्षीया एकजना पुरुष रहेका छन् ।  उनी डडेल्धुरा अस्पतालमा उपचार छन् । त्यसैगरि बैतडी जिल्लाका एकजना २२ वर्षीया पुरुष रहेका छन् । उनको वैतडी अस्पतालबाट नमूना संकलन गरी सेती प्रादेशिक अस्पताल पठाइएको थियो । यस्तै बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका १४ जनामा कोरोना संक्रमति पुष्टि भएको छ । उनीहरु १० देखि ६१ वर्षका पुरुष रहेका छन् । त्यस्तै मोरङका ४१ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।