लगातारको वर्षाले मकैबाली पुर्ण क्षती, सिन्धुलीका किसान चिन्तीत

लगातारको वर्षाले मकैबाली पुर्ण क्षती, सिन्धुलीका किसान चिन्तीत
शुक्रबार, जेष्ठ ९, २०७७

सिन्धुली – सिन्धुलीमाढीमा लगातार परेको वर्षाले यस वर्षको मकै बालीमा पुर्ण रुपमा नोक्सानी भएको छ ।

मकै रोपेदेखि लगातार रुपमा वर्षा भएपछि अहिले फल लाग्ने बेलाको मकैमा पानी धेरै भएपछि पहेलो भएर नोक्सानी भएको हो । धेरै पानी परिरहेका कारण खेतमा पानी जमेर जरा कुहिने भएकाले मकैमा फल नलागी पहेलो भएको स्थानिय किसानले बताएका छन् ।

लकडाउनका कारण दैनिक उपभोग्य सामाग्रीको अभाव भईरहेको बेला किसानले लगाएको बालीमा पानीले क्षती पुगेपछि समस्या भएको किसानको भनाई छ ।

दोश्रो ठूलो खाद्यन्नको रुपमा मानिने मकै बाली नोक्सानी हुदा जिल्लामा खाद्यय संकट हुने किसानले अनुमान गरेकाछन् ।

सिन्धुलीमाढी फाँटको सयौ बिगाह क्षेत्रफलमा लगाइएको मकै बालीमा पानीले पुर्ण रुपमा क्षेती पुगेको किसानको भनाई छ ।