लकडाउनमा गाउँ फर्केकाहरु अलैंची गोडमेलमा व्यस्त, लमजुङमा यस बर्ष अलैंची उत्पादन बढ्ने अनुमान

लकडाउनमा गाउँ फर्केकाहरु अलैंची गोडमेलमा व्यस्त, लमजुङमा यस बर्ष अलैंची उत्पादन बढ्ने अनुमान
शुक्रबार, जेष्ठ ९, २०७७

लमजुङ – लमजुङमा लकडाउनको समयमा शहरबजारबाट गाउँ फर्केकाहरु अलैंची गोडमेल गर्न र बाँझो जमिनमा अलैंची रोप्न व्यस्त भएका छन ।

जिल्लाको छिनखोला, लुदि, ताराचोक, ताघ्रिङ, च्याम्चे, भुस्मे, पसगाउँ, खाँचे, खिन्चोक, घाम्राङ, गौंडा लगायतका गाउँका किसानहरु अहिले अलैंचीको स्याहारमा जुटेका हुन् ।

शहरबजार बसेका तर लकडाउनमा गाउँ फर्केकाहरु अलैंची गोडमेल र अलैंची रोप्नमा व्यस्त छन् । तामाङका अनुसार यसवर्ष मौसम पनि राम्रो भएको र अलैंचीको गोडमेल समेत भएकाले जिल्लामा अलैंची उत्पादन बढ्ने अनुमान छ ।

गतवर्ष जिल्लामा २ हजार क्वीन्टल अलैंची उत्पादन भएको र अलैंची बिक्रीबाट १२ करोड रुपैयाँ आम्दानी भएको नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशले जानकारी दिएको छ । महासंघका अनुसार जिल्लामा हाल १२ सय हेक्टर क्षेत्रफल जमिनमा अलैंची खेती गरिएको छ ।