लकडाउनका कारण घरमै मनाए बटसावित्री पर्व

लकडाउनका कारण घरमै मनाए बटसावित्री पर्व
शुक्रबार, जेष्ठ ९, २०७७

सप्तरी – पतिको दीर्घ जिवन तथा सुस्वास्थ्यको कामना गर्दै नवविवाहित युवती देखि वृद्घा सम्मले मनाउने बटसावित्री पर्व यस पल्ट लकडाउनका कारण अधिकांशले घरमै मनाएका छन् ।

धेरै जनाले घरमै बटसावित्री पर्व मनाँई रहँदा नगरक्षेत्रका विभिन्न मन्दिर परिसरमा रहेको बरको रुखमुनी फाटफुट महिला मात्र पुजा गर्न पुगेको थिए ।

प्रत्येक वर्ष ज्येष्ठ औषीको दिन मनाउने यो पर्र्व विवाहित महिलाहरुका लागि विशेष महत्वको रहेको पंडित रुपकान्त मिश्रको मनाई छ ।

बरको रुखलाई विवाहको लगन गाठोको प्रतिक रातो र पहेलो मंगलधागोले बेर्ने र सविधि पुजापाठ गरे पतिको आयु लामो हुने जनविश्वास रहेको छ । मिथिला संस्कृतिमा पतिलाई देउताको रुपमा पुजा गर्ने परम्परा पुरानो हो ।