भक्तपुर, मकवानपुर, सप्तरी र बारामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो

भक्तपुर, मकवानपुर, सप्तरी र बारामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो
शुक्रबार, जेष्ठ ९, २०७७

काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राति ८ बजेर १५ मिनेटमा गरेको अध्यावधिक तथ्यांक अनुसार भक्तपुरमा १ जना, मकवानपुरमा १ जना, सप्तरीमा १ जना र बारामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि दिउँसो मन्त्रालयले गरेको कोरोना अपडेडमा ५० जनामा संक्रमण पुष्टि भएको थियो ।

No photo description available.