काठमाडौँ उपत्यकामा विद्युतको तार धमाधम भूमिगत गरिदै

काठमाडौँ उपत्यकामा विद्युतको तार धमाधम भूमिगत गरिदै
शनिबार, जेष्ठ १०, २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलन नदिन गरिएको लकडाउनको मौकामा काठमाडौँ उपत्यकामा धमाधम विद्युतको तार भूमिगत गरिदै छ ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, अहिले काठमाडौंको महाराजगञ्ज र चावहिल – चुच्चेपाटी क्षेत्रमा विद्युतको तारलाई भूमिगत गर्ने कार्य भइरहेको छ ।
उनका अनुरा, तार भूमिगत गर्न मेलम्चीको जस्तो बाटो खन्न पर्दैन । यसका लागि होरिजेन्टनल डाइरेक्सन ड्रिलिङ (एचडीडी) प्रविधिको माध्यमबाट ठाउँ ठाउँमा निश्चित दूरीमा ड्रिल गरेर प्वाल बनाइन्छ । त्यसबाट दुईवटा पाइप छिराएर तार राख्ने काम सम्पन्न गरिन्छ ।
यो योजनाअन्तर्गत सडकको दुवैतिर पेटीमा तारलाई भूमिगत गरिँदै छ । सडक पेटीमा मात्र भूमिगत गर्ने भएकाले मूल सडक नखनिने उनको भनाई छ । अहिले बिजुलीको तारसँगै अप्टिकल फाइबर समेत बिछ्याइएको छ । अप्टिकल फाइबर बिछ्याइ सकेपछि तारसम्बन्धी सम्पूर्ण काम यसै माध्यमबाट गरिनेछ ।